Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

काठमाडौँ तराई मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गर्ने घोषणा

काठमाडौँ तराई मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गर्ने घोषणा

  • काठमाडौँ । सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । ‘काठमाडौँ तराई मधेसको मधेस द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३÷८४ भित्र सम्पन्न गरिने छ’, मन्त्री पौडेलको भनाइ छ । 

    आगामी वर्ष ३७ किलोमिटर सडकमा सववेश, चार किलोमिटर सुरुङ र ६० वटा पुलको निर्माण सम्पन्न गर्ने पनि सरकारले जनाएको छ । सरकारले त्यसका लागि २४ अर्ब ४९ करोड रकम विनियोजन गरेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij