Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

झापामा तीन महिनामा ३१७ नयाँ घरेलु तथा साना उद्योग दर्ता

झापामा तीन महिनामा ३१७ नयाँ घरेलु तथा साना उद्योग दर्ता

  • भद्रपुर । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिमा झापामा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

    घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार तीन महिनाको अवधिमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ गरी ६६७ उद्योग नवीकरण भएका छन्।

    भट्टराईका अनुसार यस अवधिमा उद्योगतर्फ ३८ र वाणिज्यतर्फ २५ गरी ६३ उद्योग खारेज भएका छन्। साथै तीन उद्योगको ठाउँसारी, १६ उद्योग नामसारी, १४ उद्योगको नाम परिवर्तन र १० उद्योगले उद्देश्य थपेका छन्।

    उनका अनुसार कार्यालयमा आएर औपचारिक रूपमा बन्द गराउने उद्योगको सङ्ख्या न्यून भए पनि नवीकरण नगरेका धेरै उद्योगहरू व्यावहारिक रूपमा बन्द भइसकेका छन्। तर, नयाँ उद्योग थपिने दर भने निरन्तर बढ्दो छ।

    कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न शीर्षकबाट रु ५४ लाख ३९ हजार २०० राजस्व सङ्कलन गरेको जानकारी पनि भट्टराईले दिनुभयो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij