Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, भोटो जात्राको अवसरमा बिदा घोषणा

आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, भोटो जात्राको अवसरमा बिदा घोषणा

  •  

    काठमाडौँ । सरकारले आगामी आइतवार (जेठ १८)का लागि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा आज जारी गरिएको सूचनामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिइने उल्लेख गरिएको छ।

    बिदा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा दिइएको हो। जात्रा उपत्यकाको एक प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइन्छ।

    यस वर्ष रातो मच्छिन्द्रनाथको रथ हिजो लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ। रथ जावलाखेल पुगेपछि अब पर्सि आइतवार भोटो देखाउने परम्परागत जात्रा सम्पन्न हुनेछ।

    भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखी बुङ्गमती लगिनेछ, जबकि मीननाथलाई रथमार्ग हुँदै टङ्गल पुर्‍याइनेछ। यस्तै, यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा पनि त्यसपछि विधिवत् रूपमा सम्पन्न हुनेछ।

    bida1_page-0001_VQBsDDquLZ.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij