Logo

Jun 04 2025 | २०८२, जेठ २१गते

Jun 04 2025 | २०८२, जेठ २१गते

images

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र

  •  

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियु २४औँ महाधिवशेनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ । 

     

    महासचिव शङ्कर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई  परिपत्र गर्दै यही जेठ २५ गतेदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिनुभएको हो । मल्लले महासचिव पोखरेलको परिपत्र आज प्राप्त भएकाले आसन्न महाधिवशेनबाट उमेर हद लागू गर्ने जानकारी दिनुभयो । 

     

    एमालेको यही जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो । परिपत्रमा भनिएको छ, “३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरु मात्र विधानको व्यवस्थाअनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरु अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।” 

     

    परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था सङ्गठनका सबै तहका कमिटीमा लागू हुनेगरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ । 

     

    यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु ९क्रान्तिकारी०ले ३२ वर्ष उमेरहद तोकेका थिए । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेरहद तोकेको छ । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij