Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

काठमाडौंका तीन क्षेत्रमा दुई महिनासम्म निषेधाज्ञा लागू : कोटेश्वर, बल्खु र सिफल चौर प्रभावित

काठमाडौंका तीन क्षेत्रमा दुई महिनासम्म निषेधाज्ञा लागू : कोटेश्वर, बल्खु र सिफल चौर प्रभावित

  •  

    काठमाडौँ ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर क्षेत्रमा आगामी दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ। २०८२ साल जेठ १९ गतेदेखि लागू हुने गरी जारी गरिएको यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार गरिएको हो।

    प्रशासनले दिएको जानकारीअनुसार चक्रपथ तथा चक्रपथभित्रका क्षेत्रमा निरन्तर भइरहेका अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोध कार्यक्रमहरूका कारण अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र यातायात सञ्चालनमा अवरोध भएको जनगुनासो आएको थियो। साथै, यस्ता गतिविधिले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र समग्र शान्ति सुरक्षामा असर पार्ने अवस्था देखिएकोले निषेधाज्ञा लगाउने निर्णय गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij