Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

आज देशभर आंशिकदेखि मध्यम बदली र वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपातको पूर्वानुमान

आज देशभर आंशिकदेखि मध्यम बदली र वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपातको पूर्वानुमान

  •  

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विभिन्न प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा थोरै स्थानमा र अन्य क्षेत्रका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

    उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ। दिउँसोको मौसमजस्तै रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू र मधेश, बागमती, गण्डकी लगायतका अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij