Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

भाटभटेनीका सञ्चालक गुरुङ र पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेस कोषाध्यक्ष श्रेष्ठको  संयुक्त लगानीमा कपडा उद्योगको स्थापना

भाटभटेनीका सञ्चालक गुरुङ र पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेस कोषाध्यक्ष श्रेष्ठको  संयुक्त लगानीमा कपडा उद्योगको स्थापना

  • काठमाडौँ । भारत, युरोप, अमेरिका लगायतका देशमा निर्यात गरिने गरी भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र नेपाली कांग्रेस कोषाध्यक्ष एवम् पूर्वराज्यमन्त्री उमेश श्रेष्ठको  संयुक्त लगानीमा कपडा उद्योगको स्थापना हुन लागेको छ ।

    गुरुङ र श्रेष्ठको संयुक्त लगानीमा औद्योगिक नगरी रुपन्देहीमा कपडा उद्योग स्थापना हुन लागेको हो ।बुधबार गुरुङ र श्रेष्ठले नेपाली गार्मेन्ट्स (कपडा) उधोग सञ्चालनका लागि भूमि  पुजन तथा जग पुजा गरेका छन् ।

    गुरुङ र श्रेष्ठले यो उद्योगमा संयुक्त रुपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने बताइएको छ । यो उद्योग करिब ९ महिनाभित्र सञ्चालनमा ल्याइने विश्वास गरिएको छ । उद्योगले करिब एक हजार मानिसलाई रोजगारी दिने अपेक्षा छ  ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij