Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

नेपाली सेनाद्वारा सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी

नेपाली सेनाद्वारा सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी

  • काठमाडौँ ।नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गर्नुभएको हो । यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वीपृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

    उहाँको नाम सिफारिश भइसकेकाले उहाँको केही समयमै उपरथीमा बढुवा हुने सम्भावना छ । त्यहाँका पृतनापति पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भइरहेको छ । नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो । सूचना र जनसम्पर्कका माध्यमद्वारा नागरिक र सैनिक सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण भूमिकामा रहने जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहने अभ्यास छ । राष्ट्रको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको प्रमुखको निकटतामा रही प्रवक्ताले कार्यजिम्मेवारी सम्हाल्नु हुनेछ । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij