
काठमाडौँ । आज नेप्से परिसूचकमा ५.४९ अंकले घटेर२ ६४१.४६ बिन्दुमा आएको छ । आज ७ अर्ब ९७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।आज ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३ सय ११ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर कम्पनी परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij