
काठमाडौं — लगातार बढ्दै आएको सुनको मूल्य शुक्रबार स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। यो मूल्य बिहीबारको दरसँग समान छ, जसले सुनको मूल्य वृद्धिमा हाललाई विराम लागेको देखिन्छ।
गत ६ दिनमा सुनको मूल्यमा कुल ५ हजार ९ सय रुपैयाँले वृद्धि भएको थियो। सो अवधिमा शुक्रबारदेखि बिहीबारसम्म दैनिक रूपमा सुनको भाउ क्रमशः ७००, ३००, १०००, २९००, ५०० र ५०० रुपैयाँले बढेको थियो।
त्यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला ७५ रुपैयाँले बढेर २ हजार १ सय ५० रुपैयाँमा पुगेको छ। बिहीबार यसको दर २ हजार ७५ रुपैयाँ थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij