Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

आरकेडी होल्डिंग्स लिमिटेड आईपीओ निष्कासनको तयारीमा, आठौं वार्षिक साधारण सभा जेठ १८ गते

आरकेडी होल्डिंग्स लिमिटेड आईपीओ निष्कासनको तयारीमा, आठौं वार्षिक साधारण सभा जेठ १८ गते

  •  

    काठमाडौं । आरकेडी होल्डिंग्स लिमिटेडले सर्वसाधारणमा २१ प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यस सम्बन्धमा आवश्यक निर्णय लिन कम्पनीले आठौं वार्षिक साधारण सभा जेठ १८ गते बोलाएको छ। सभा पोखराको केसी ब्याङ्क्वेटमा बिहान ९ बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ।

    सभामा आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गरिनेछ। साथै, रिक्त सञ्चालक पदमा नयाँ नियुक्ति गर्ने प्रस्ताव पनि सोही सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ।

    सभाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाह लगायतका वित्तीय प्रतिवेदनहरू अनुमोदन गर्नेछ। त्यस्तै, चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र उहाँको पारिश्रमिक निर्धारण गर्ने विषय पनि एजेन्डामा समावेश गरिएको छ।

    कम्पनीले आफ्नो पुँजी संरचना परिमार्जन गर्न प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव समेत सभामा पेश गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij