Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

सान्भि इनर्जीको आइपीओ बाँडफाँट जेठ २६ गते सोमबार, करिब १८ लाखभन्दा बढीको हात खाली

सान्भि इनर्जीको आइपीओ बाँडफाँट जेठ २६ गते सोमबार, करिब १८ लाखभन्दा बढीको हात खाली

  •  

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट आगामी सोमबार, जेठ २६ गते हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार, आइपीओ बाँडफाँटको मिति तोकिएको भए पनि बाँडफाँट हुने समय भने अझै निर्धारण भएको छैन।

    सान्भिको आइपीओमा अत्यधिक आवेदन परेको छ, जसले गर्दा भाग्यकै भरमा सेयर प्राप्त हुने अवस्था सिर्जना भएको छ। कुल २१ लाख ८ हजार २३२ जना लगानीकर्ताले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन्। तर, सीमित सेयर मात्र उपलब्ध भएकाले गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। यस क्रममा करिब २ लाख ४१ हजार ५३० जना भाग्यमानीले मात्र सेयर प्राप्त गर्नेछन् भने बाँकी १८ लाख ६६ हजार ७०२ जना लगानीकर्ताको हात खाली रहनेछ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यसबाट जम्मा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको पूँजी संकलन गरिएको हो।

    कम्पनीको वित्तीय स्थिति र दायित्व बहन क्षमताको आधारमा, केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीमा औसत स्तरको जोखिम रहेको जनाउँछ। उक्त रेटिङ २०८१ पुस ११ गते दिइएको हो र २०८२ फागुन १५ गतेसम्म कायम रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij