Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल

सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल

  • काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजी बजारलाई उच्च प्राथमिकता दिँदै हालैको बजेटमार्फत यस क्षेत्रको विकास र विस्तारमा स्पष्ट प्रतिबद्धता जनाएको बताएका छन्।

    नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले पुँजी बजारलाई स्थायित्व र पारदर्शितातर्फ अग्रसर गराउन सरकार सकारात्मक रूपमा क्रियाशील रहेको उल्लेख गरे। उनले धितोपत्र बोर्डलाई कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी स्वतन्त्र ढंगले काम गर्नुपर्नेमा जोड दिए।

    “बजेटले देखाएको छ कि सरकार पुँजी बजारलाई कति प्राथमिकतामा राखेको छ। बोर्डले इन्साइडर ट्रेडिङविरुद्ध कडाइका साथ उभिनुपर्छ र लगानीकर्तालाई सचेतना अभिवृद्धि गर्ने काममा सक्रिय हुनुपर्छ,” पौडेलले भने।

    उनले पुँजी बजारमा नयाँ वित्तीय उपकरणहरू भित्र्याउनुपर्ने आवश्यकता पनि औँल्याए। यस्तो पहलले बजारमा विविधिकरण ल्याउनुका साथै लगानीका अवसरहरू विस्तार हुने विश्वास व्यक्त गरियो।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij