
काठमाडौँ । नेपाल विधुत प्राधिकरणले विभिन्न ५१ वटा कम्पनीलाई विद्युत् खरिदबिक्री सम्झौताको लागि ४ दिन भित्र सम्पर्कमा गर्न निर्देशन दिएको छ ।कार्यकारी निर्देशकद्वारा जेठ २ गते व्यवसाय विकास निर्देशनालयका उप–कार्यकारी निर्देशकको संयोजकत्वमा गठित कमिटीलाई काम गर्न आवश्यक पर्ने जनाउँदै प्राधिकरणले सूचना सार्वजनिक भएको चार दिन भित्र सम्झौता गर्न आउन भनेको हो ।
प्राधिकरणको जेठ २५ गतेको २१२३ चलानी नम्बर भएको विवरण उपलब्ध गराउने सम्बन्धमा विषय भएको पत्रमा भनिए अनुसार प्राधिकरण संचालक समितिको ९९४ औं बैठकको निर्णय अनुसार कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत आयोजनाहरुको विद्युत खरिद बिक्री सम्झौता गर्न विभिन्न विषयहरुमा अध्ययन गरि प्राथामिकता अनुसारको सूची तयार पार्न लागेको जनाइएको छ ।
त्यसका लागि कार्यकारी निर्देशकले जेठ २ गते व्यवसाय विकास निर्देशनालयका उप–कार्यकारी निर्देशकको संयोजकत्वमा कमिटि गठन गरेका थिए । उक्त कमिटिले यथासक्य छिटो प्रतिवेदन पेश गर्नुपर्ने भएकोले निर्माण हुने आयोजनाको विवरणहरु ४ दिनभित्रमा व्यवसाय विकास निर्देशनालयमा उपलब्ध गराउन भनेको छ ।
जसमा आयोजना राष्ट्रिय निकुन्ज, आरक्ष वा संरक्षित क्षेत्रभित्र परे–नपरेको र संक्षिप्त प्रगति विवरणसहित आयोजना तयारीको अवस्था (जेनेरेसन लाईसेन्स, वित्तीय व्यवस्था सामापनको अवस्था, निर्माण स्थलको अवस्था, वातावरणीय अध्ययनको अवस्था पेश गर्न भनिएको छ ।
प्राधिकरणले बोलाएका आयोजनामा ग्रिड नेपाल कम्पनी, अपर त्रिशुली हाईड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी, गोमा गणेश हाईड्रोपावर, मिजु ईनर्जी, सिम्बुवा रेमिट हाईड्रो , सूर्य इनर्जी, युनियन हाइड्रोपावर, सुश्मित इनर्जी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, लिवटी इनर्जी कम्पनी, हनुमान हाईड्रोपावर, ईस्टर्न इनर्जी, माथिल्लो मैलुङ खोला जलविद्युत, ऊर्जा डेभलपर्स, सिम्बुवा हाईड्रोपावर, सगरमाथा हाईड्रोपावर रहेका छन् ।
यसैगरी दोर्दी खोला जलविद्युत कम्पनी, नेपाल हाइड्रोभेन्चर, आई. वी. इनर्जी, युनिभर्सल पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, प्रकाश सोलुसन्स, सानिमा हाइड्रोपावर, ट्रष्ट इनर्जी, ग्रिन भेन्चर, म्यार्दी खोला हाईड्रोपावर कम्पनी, रुरुगाड पावर कम्पनी, समिट पावर कम्पनी, चिलिमे हाइड्रोपावर कम्पनी, के.सी. होटल्स एण्ड मल्टिपर्पोज इन्डष्ट्रिज, भेरी बबई मल्टिपर्पोज आयोजना, एचइडी इनर्जी, एटलास इनर्जी रहेको छ ।
यस्तै अपर अरुण हाइड्रोइलेक्ट्रिक, स्नोफल हाईड्रोपावर, फ्रेस वाटर इनर्जी, ओमेगा ईनर्जी डेभलपर, अपी पावर कम्पनी, उज्यालो ईनर्जी सोलुसन्स, हिमताल हाईड्रोपावर कम्पनी, इन्डिपेन्डेन्ट पावर कम्पनी (नेपाल), विद्युत उत्पादन कम्पनी, वेतन कर्णाली सन्चयकर्ता हाईड्रोपावर, सन स्टार इनर्जी, एपोलो इनर्जी, एलिभेट ईनर्जी, सानी भेरी हाईड्रोपावर कम्पनी, नेपाल पोर्टफोलियो ईनर्जी, बिजवेल इनर्जी र चैनपुर सेती हाईड्रोपावर कम्पनी रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij