Logo

Aug 29 2025 | २०८२, भदौ १३गते

Aug 29 2025 | २०८२, भदौ १३गते

images

दोर्दी खोला जलविद्युतको लिलामी सेयर बाँडफाँट सम्पन्न, न्यूनतम मूल्य १११ रुपैयाँदेखि २७० रुपैयाँसम्म

दोर्दी खोला जलविद्युतको लिलामी सेयर बाँडफाँट सम्पन्न, न्यूनतम मूल्य १११ रुपैयाँदेखि २७० रुपैयाँसम्म

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले लिलामीमार्फत बिक्रीमा ल्याएको सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको जम्मा १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमार्फत जेठ ११ गतेदेखि २० गतेसम्म बिक्री खुला गरेको थियो।

    यस अन्तर्गत, संस्थापक समूहतर्फका १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहतर्फ लक(इन अवधिमा रहेका १ लाख ६५ हजार ९५६ कित्ता, र लक(इन अवधिमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता सेयर लिलामीमा राखिएको थियो।

    सानिमा क्यापिटलको बिक्री प्रबन्धमा भएको उक्त लिलामीमा प्राप्त प्रारम्भिक विवरणअनुसार, न्यूनतम कबोल मूल्य ९कट(अफ प्राइस० संस्थापक समूहका सेयरको लागि २६५ रुपैयाँ, लक(इनमा रहेका सर्वसाधारण समूहका लागि २७० रुपैयाँ र लक(इनमा नरहेका सर्वसाधारण सेयरका लागि १११ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij