Logo

Aug 29 2025 | २०८२, भदौ १३गते

Aug 29 2025 | २०८२, भदौ १३गते

images

अकामा होटल लिमिटेडले असार १० गते विशेष साधारण सभा बोलाउने, आइपीओ प्रस्ताव पेश गरिने

अकामा होटल लिमिटेडले असार १० गते विशेष साधारण सभा बोलाउने, आइपीओ प्रस्ताव पेश गरिने

  •  

    काठमाडौं ।  अकामा होटल लिमिटेडले आइपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) प्रस्तावसहित असार १० गते विशेष साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धुम्बाराही काठमाडौंमा बिहान ११:३० बजेबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ।

    सभामा प्रमुख एजेन्डाको रूपमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गरिनेछ। यससँगै, कम्पनीको जारी पुँजी बढाउने तथा प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावमाथि पनि छलफल गरिनेछ।

    कम्पनीले हाल नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ४५ लाख कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्न अनुमति मागिसकेको छ। प्रस्तावित सेयरहरू प्रिमियम मूल्यमा ५० रुपैयाँ प्रतिकित्ता दरले बिक्री गरिनेछ, जसअनुसार कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij