Logo

Aug 29 2025 | २०८२, भदौ १३गते

Aug 29 2025 | २०८२, भदौ १३गते

images

सगरमाथा जलविद्युत्‌को १००% हकप्रद सेयर निष्कासनका लागि सेवोनमा आवेदन

सगरमाथा जलविद्युत्‌को १००% हकप्रद सेयर निष्कासनका लागि सेवोनमा आवेदन

  • काठमाडौं । सगरमाथा जलविद्युत्‌ कम्पनी लिमिटेडले शतप्रतिशत (१००%) हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ। कम्पनीले हाल कायम रहेको चुक्तापूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको आधारमा सोही अनुपातमा हकप्रद सेयर निष्कासन गर्न जेठ २२ गते आवेदन दिएको हो।

    यस हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

    २०७९ साल चैत १७ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरिसकेको सगरमाथा जलविद्युत्‌ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांशसमेत वितरण गरिसकेको छ। कम्पनीले ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij