Logo

Aug 29 2025 | २०८२, भदौ १३गते

Aug 29 2025 | २०८२, भदौ १३गते

images

सान्भि इनर्जीको शेयरको ओपनिङ रेन्ज रु. १२०.२० देखि ३६२.२२ कायम हुने संकेत

सान्भि इनर्जीको शेयरको ओपनिङ रेन्ज रु. १२०.२० देखि ३६२.२२ कायम हुने संकेत

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सान्भि इनर्जी लिमिटेडको शेयरको ओपनिङ कारोबारका लागि रु. १२०.२० देखि रु. ३६२.२२ सम्मको रेन्ज निर्धारण गर्ने सम्भावना देखिएको छ। नेप्सेले हालसम्म कम्पनीहरूको अडिटेड वित्तीय विवरणमा देखिएको प्रतिसेयर खुद मूल्य को अधिकतम तीन गुणासम्म ओपनिङ रेन्ज निर्धारण गर्दै आएको छ।

    आर्थिक वर्ष २०८०/८१ को अडिटेड रिपोर्टअनुसार सान्भि इनर्जीको प्रतिसेयर नेटवर्थ रु. १२०.७४ रहेको छ। यही आधारमा नेप्सेले शेयरको प्रारम्भिक कारोबार मूल्य दायरा तय गर्नेछ। कम्पनीको प्राथमिक शेयर निष्कासन  बाँडफाँट भइसकेको छ भने यसको शेयर नेप्सेमा चाँडै सूचीकरण हुने प्रक्रिया अगाडि बढिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij