Logo

Aug 29 2025 | २०८२, भदौ १३गते

Aug 29 2025 | २०८२, भदौ १३गते

images

दिव्यश्वरी हाइड्रोपावरको स्थगित वार्षिक साधारण सभा असार ९ गते हुँदै, १००% हकप्रद सेयर प्रस्ताव पेश हुने

दिव्यश्वरी हाइड्रोपावरको स्थगित वार्षिक साधारण सभा असार ९ गते हुँदै, १००% हकप्रद सेयर प्रस्ताव पेश हुने

  •  

    काठमाडौं । यसअघि गणपूरक संख्या नपुगेका कारण स्थगित गरिएको दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा अब असार ९ गते बस्ने भएको छ। सभा काठमाडौंको अन्नपूर्ण पार्टी भेन्यू, मैतीदेवी सेतोपुलमा दिउँसो १ बजेदेखि सुरु हुने कम्पनीले जानकारी दिएको छ।

    सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने महत्वपूर्ण प्रस्ताव पेश गरिनेछ। साथै, अन्य कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी कार्यहरू गर्न तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।

    त्यसका अतिरिक्त, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ। आगामी आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

    सभामा भाग लिनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ ७ गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्ताहरू मात्र सभामा सहभागिता जनाउन योग्य छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij