Logo

Aug 29 2025 | २०८२, भदौ १३गते

Aug 29 2025 | २०८२, भदौ १३गते

images

नेपालको शोधनान्तर र चालु खाता स्थितिमा उल्लेखनीय सुधार: केन्द्रीय बैंकको प्रतिवेदन

नेपालको शोधनान्तर र चालु खाता स्थितिमा उल्लेखनीय सुधार: केन्द्रीय बैंकको प्रतिवेदन

  •  

    काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो १० महिनाको ९वैशाखसम्मको० मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार, शोधनान्तर स्थिति उल्लेखनीय रूपमा सुधारिएको छ। यस अवधिमा नेपालको शोधनान्तर अवस्था ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा गएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको तुलनामा झन्डै ४६ अर्ब रुपैयाँले बढी हो।

    अन्तर्राष्ट्रिय मुद्रा ९अमेरिकी डलर० को हिसाबमा हेर्दा पनि शोधनान्तरमा सुधार देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोड अमेरिकी डलरले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष ३ अर्ब २३ करोड डलरसम्म पुगेको छ। यसले मुलुक भित्रिने विदेशी मुद्राको प्रवाह बाहिरिनेभन्दा धेरै भएको स्पष्ट संकेत गर्छ।

    त्यस्तै, चालु खाता सन्तुलनमा पनि सकारात्मक परिवर्तन आएको छ। समीक्षा अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले नाफामा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ४५ अर्ब रुपैयाँ थियो। चालु खाता तथा शोधनान्तर स्थितिमा देखिएको सुधारले देशको वैदेशिक मुद्राको सञ्चितिमा स्थायित्व ल्याउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij