Logo

Jun 21 2025 | २०८२, असार ७गते

Jun 21 2025 | २०८२, असार ७गते

images

हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न मिल्ने

हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न मिल्ने

  • काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक तर्फका ३१ हजार २३७ कित्ता शेयर सार्वजनिक रूपमा विक्रीमा ल्याएको छ। बैंकले जेठ २७ गतेदेखि यी शेयर अन्य व्यक्ति तथा संस्थाले पनि खरीद गर्न सक्ने व्यवस्था मिलाएको हो।

    यसअघि बैंकले वैशाख ७ गते विद्यमान संस्थापक शेयरधनीहरूलाई लक्षित गर्दै ३५ दिने सूचना प्रकाशित गरेको थियो, जसअनुसार उनीहरूलाई शेयर खरीदको प्राथमिकता दिइएको थियो। तर सो अवधिमा ती शेयर बिक्री नभएपछि अब इच्छुक अन्य व्यक्ति तथा संस्थाले पनि आवेदन दिन सक्नेछन्।

    स्वान इन्टरनेशनल प्रालिको नाममा रहेका यी शेयर खरीदका लागि आवेदन १५ दिनभित्र पेश गर्नुपर्नेछ। इच्छुक आवेदकहरूले आवेदन बैंकको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा बुझाउनु पर्नेछ। बैंकको यो निर्णयले शेयर बजारमा थप चासो र क्रियाशीलता ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij