Logo

Jun 11 2025 | २०८२, जेठ २८गते

Jun 11 2025 | २०८२, जेठ २८गते

images

नेपालको खेलकुद राष्ट्रियरअन्तरराष्ट्रिय क्षेत्रमा स्थापित हुँदै गएको छ : अध्यक्ष दाहाल

नेपालको खेलकुद राष्ट्रियरअन्तरराष्ट्रिय क्षेत्रमा स्थापित हुँदै गएको छ : अध्यक्ष दाहाल

  •  

    कास्की ।  पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली खेल क्षेत्र निकै विकसित हुँदै गएको बताउनुभएको छ । 

     

    नेपाल स्पोट्र्स एकेडेमीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुद राष्ट्रिय एकता र अन्तरराष्ट्रिय भाइचारा अभिवृद्धिको समेत प्रतीक बनेको बताउनुभयो ।

     

    अध्यक्ष दाहालले आफ्नो प्रधानमन्त्रीकालमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तथा योजना कार्यक्रम बनाउने पहल गरेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली खेल क्षेत्र विकसित हुँदै गएको छ । मैले नीतिगत मात्र होइन खेलकुद क्षेत्रको नेतृत्वमा सफल व्यक्तिहरु ल्याएका कारणले अहिले नेपाली खेल राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा निकै स्थापित भएको छ ।”

     

    उहाँले नेपाली खेलाडीहरुले विस्तारै अन्तरराष्ट्रिय प्रतियोगितामा पदकको वर्षा गर्ने गरेको र अहिले नेपालमा ऐन कानुनले पनि खेलाडीको जीवनलाई सुनिश्चित गर्ने पहल भएको बताउनुभयो । अध्यक्ष दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा भलिबललाई मन्त्रिपरिषद्बाट राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्दै उहाँले त्यसपछि देशभित्र भलिबल खेलको महत्त्व  अझ बढेको उल्लेख गर्नुभयो । 

     

    “नेपालको भूगोल, संस्कृति,  हावापानी र नेपालीजनसँग मेल खाने खेल भएकाले मन्त्रिपरिषद्बाट निर्णय गरेको गरिएको हो । त्यसपछि भलिबलको  मान्यता राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा बढेको र पदक जित्ने सुरुआत भएको हो”, दाहालले भन्नुभयो । 

     

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले खेलाडीले खेल खेलेरै आफ्नो जीवन निर्वाह गर्ने वातावराण् बनेको बताउनुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरामा निरन्तर भइरहेका विभिन्न खेलकुदका प्रतियोगिताका कारणले पोखरा भ्रमण वर्ष २०२५ सफल बनेको बताउनुभयो । 

     

    आयोजक नेपाल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले भलिबल खेललाई अझ लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगितामार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

     

    अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइरालाले महासङ्घले वर्षभरिनै बृहत् खेलकुद महोत्सवका रूपमा विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 

     

    यही जेठ ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिमहरू सहभागी छन् । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र स्टेप रामपुर गरी छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

     

    प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी  उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij