Logo

Jun 12 2025 | २०८२, जेठ २९गते

Jun 12 2025 | २०८२, जेठ २९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २७ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ..

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २७ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ..

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २७ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू..

    पुँजी बजार सुधार समिति प्रतिवेदन यसै साताभित्र सार्वजनिक हुँदै

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित पुँजी बजार सुधार सुझाव समितिको प्रतिवेदन यसै साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डको सञ्चालक समिति बैठकले प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेपछि यसको तयारी थालिएको हो। एक बोर्ड अधिकारीका अनुसार प्रतिवेदन बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

     

    अर्थ मन्त्रालयको निर्देशनपछि कार्यान्वयन प्रक्रिया अगाडि
    अर्थ मन्त्रालयले शिवाकोटी समितिको प्रतिवेदन कार्यान्वयनमा लैजान निर्देशन दिएपछि बोर्डले सार्वजनिक मात्र नभई कार्यान्वयनको दिशा पनि तय गरेको हो। प्रतिवेदनमा नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना र नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने कार्य समानान्तर रुपमा अघि बढाउनुपर्ने सिफारिस गरिएको छ।

    शेयर बजार  : नेप्से परिसूचकमा २६.२४ अंकले बढेर २६७९.३४  बिन्दुमा, १० अर्ब १६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा २६.२४ अंकले बढेर २६७९.३४  बिन्दुमा आएको छ । आज १० अर्ब १६  करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।। २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । वाणिज्य बैंक समूह पनि बढेको छ ।

     

    यस दिन ३ सय ११ कम्पनीको २ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४९ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा एचआइडीसीएल प्रमोटर अग्रस्थानमा आएको छ ।  आज दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली हाइढ्रोपावर र राधि विद्युत कम्पनी परेका छन् ।

    हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक तर्फका ३१ हजार २३७ कित्ता शेयर सार्वजनिक रूपमा विक्रीमा ल्याएको छ। बैंकले जेठ २७ गतेदेखि यी शेयर अन्य व्यक्ति तथा संस्थाले पनि खरीद गर्न सक्ने व्यवस्था मिलाएको हो।

     

    यसअघि बैंकले वैशाख ७ गते विद्यमान संस्थापक शेयरधनीहरूलाई लक्षित गर्दै ३५ दिने सूचना प्रकाशित गरेको थियो, जसअनुसार उनीहरूलाई शेयर खरीदको प्राथमिकता दिइएको थियो। तर सो अवधिमा ती शेयर बिक्री नभएपछि अब इच्छुक अन्य व्यक्ति तथा संस्थाले पनि आवेदन दिन सक्नेछन्।

    नेपालको शोधनान्तर र चालु खाता स्थितिमा उल्लेखनीय सुधार: केन्द्रीय बैंकको प्रतिवेदन

    काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो १० महिनाको ९वैशाखसम्मको० मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार, शोधनान्तर स्थिति उल्लेखनीय रूपमा सुधारिएको छ। यस अवधिमा नेपालको शोधनान्तर अवस्था ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा गएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको तुलनामा झन्डै ४६ अर्ब रुपैयाँले बढी हो।

    अन्तर्राष्ट्रिय मुद्रा ९अमेरिकी डलर० को हिसाबमा हेर्दा पनि शोधनान्तरमा सुधार देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोड अमेरिकी डलरले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष ३ अर्ब २३ करोड डलरसम्म पुगेको छ। यसले मुलुक भित्रिने विदेशी मुद्राको प्रवाह बाहिरिनेभन्दा धेरै भएको स्पष्ट संकेत गर्छ।

    वैशाख मसान्तसम्म सेयर धितो कर्जा ३५ अर्ब ४२ करोड बढी

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष १० महिनामा सेयर धितोमा ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।यो वर्ष वैशाखसम्म बैंकहरुको   सेयर धितो कर्जा ३९.०३ प्रतिशतले बढाएको हो । बैंकहरुको सेयर धितो कर्जा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। असार मसान्तसम्म यस्तो कर्जा ९० अर्ब ९ करोड रुपैयाँ थियो।

     

    ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर बजारमा आक्रामक रुपमा लगानी गरेकाले यो वृद्धि देखिएको हो । १ करोडमाथिको सेयर धितो कर्जा ५३.३ प्रतिशतले बढेको छ। १० महिनामा ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर २९ अर्ब ८० करोड ८० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।

    दिव्यश्वरी हाइड्रोपावरको स्थगित वार्षिक साधारण सभा असार ९ गते हुँदै, १००% हकप्रद सेयर प्रस्ताव पेश हुने

    काठमाडौं । यसअघि गणपूरक संख्या नपुगेका कारण स्थगित गरिएको दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा अब असार ९ गते बस्ने भएको छ। सभा काठमाडौंको अन्नपूर्ण पार्टी भेन्यू, मैतीदेवी सेतोपुलमा दिउँसो १ बजेदेखि सुरु हुने कम्पनीले जानकारी दिएको छ।

    सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने महत्वपूर्ण प्रस्ताव पेश गरिनेछ। साथै, अन्य कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी कार्यहरू गर्न तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।

    अपर हेवाखोला हाइड्रोपावरको लक-इन अवधि असार ३१ मा सकिने, सेयर कारोबार योग्य हुने

    काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको लक(इन अवधि असार ३१ गते सकिने भएको छ। उक्त मितिपछि ती समूहका लगानीकर्ताहरूले होल्ड गरेको सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछन्।

    कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरेपछि, नियमनअनुसार संस्थापक सेयरधनी, स्थानीय बासिन्दा तथा कर्मचारीहरूको सेयर ३ वर्षको लागि लक(इन अवधिमा राखिएको थियो। अब त्यो अवधि पूरा हुन लागेकाले ३० लाख कित्ता संस्थापक सेयर, ५ लाख कित्ता स्थानीयको सेयर, र ३० हजार कित्ता कर्मचारीको सेयर बजारमा प्रवेश गर्न सक्नेछ।

    प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने म्याद असार ६ गतेसम्म लम्बियो

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको खुलामुखी म्युचुअल फन्ड प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम मा आवेदन दिने समय थपिएको छ। अब यस स्कीममा आवेदन दिन इच्छुक लगानीकर्ताहरूले असार ६ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअघि फन्डमा आवेदन दिने अन्तिम म्याद जेठ २७ गते तोकिएको थियो, तर अपेक्षाकृत आवेदन नआएकोले निष्कासन अवधि लम्बाइएको क्यापिटलले जनाएको छ।

    सान्भि इनर्जीको शेयरको ओपनिङ रेन्ज रु. १२०.२० देखि ३६२.२२ कायम हुने संकेत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सान्भि इनर्जी लिमिटेडको शेयरको ओपनिङ कारोबारका लागि रु. १२०.२० देखि रु. ३६२.२२ सम्मको रेन्ज निर्धारण गर्ने सम्भावना देखिएको छ। नेप्सेले हालसम्म कम्पनीहरूको अडिटेड वित्तीय विवरणमा देखिएको प्रतिसेयर खुद मूल्य को अधिकतम तीन गुणासम्म ओपनिङ रेन्ज निर्धारण गर्दै आएको छ।

    आर्थिक वर्ष २०८०/८१ को अडिटेड रिपोर्टअनुसार सान्भि इनर्जीको प्रतिसेयर नेटवर्थ रु. १२०.७४ रहेको छ।

    नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री

    जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताउनुभएको छ ।

     

     

    राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनुभएको छ । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

     

     

    सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताउँदै यसले चोरी तस्करी नियन्त्रण हुने धारणा व्यक्त गर्नुभयो ।

    महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ । 

       

     

    जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ । कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । 

    नेपालको खेलकुद राष्ट्रियरअन्तरराष्ट्रिय क्षेत्रमा स्थापित हुँदै गएको छ : अध्यक्ष दाहाल

    कास्की ।  पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली खेल क्षेत्र निकै विकसित हुँदै गएको बताउनुभएको छ । 

     

     

    नेपाल स्पोट्र्स एकेडेमीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुद राष्ट्रिय एकता र अन्तरराष्ट्रिय भाइचारा अभिवृद्धिको समेत प्रतीक बनेको बताउनुभयो ।

    ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आगलागीबाट घरभित्र र पसलभित्र राखिएको नगद रु एक लाख १० हजार, सुन, लत्ताकपडा, खाद्यान्न, फर्निचर, फ्रिजलगायतमा गरी रु १५ लाखको क्षति भएको छ । 

     

    आगलागी भएको जानकारी पाइएपछि नगरपालिकाको दमकलको सहायताले प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले आगलागीमाथि नियन्त्रण गरेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । समयमै आगलागी नियन्त्रण हुँदा मानवीय, पशुचौपायामा क्षति हुन नपाएको उहाँले बताउनुभयो ।

    टोखामा गोली चल्यो, दुई प्रहरी घाइते, दुई जना लागु औषध कारोबारी पक्राउ

    काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिन सफलता पाएको हो ।

    नकली ज्वेलरीको  थोक कारोबार गर्ने अशोक पारिकको शिव इम्पोरियम एण्ड कम्पनीहरूद्वारा राजस्व छली

    काठमाडौँ । काठमाडौँको इन्द्रचोक÷मखनस्थित ताम्राकार प्लाजामा रहेको शिव इम्पोरियम, एस.एन श्रृंगारलगायतका फर्महरूले नकली गरगहना (ज्वेलरी)को  थोक कारोबारमा ठुलो मात्रामा राजस्व छली गरेको पाइएको छ । नकली ज्वेलरीको कारोबारमा  बादशाह भनेर चिनिने अशोक पारिकले सञ्चालन गरेका शिव इम्पोरियम, एस.एन श्रृंगारलगायत आधा दर्जन फर्महरूले नकली ज्वेलरीको कारोबारमा ठुलो परिमाणमा राजस्व छली गरेको पाइएको हो ।

    नेपालको शोधनान्तर र चालु खाता स्थितिमा उल्लेखनीय सुधार: केन्द्रीय बैंकको प्रतिवेदन

    काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो १० महिनाको ९वैशाखसम्मको० मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार, शोधनान्तर स्थिति उल्लेखनीय रूपमा सुधारिएको छ। यस अवधिमा नेपालको शोधनान्तर अवस्था ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा गएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको तुलनामा झन्डै ४६ अर्ब रुपैयाँले बढी हो।

    नेपाली गाडी व्यवसायीहरूको चीनमा आयोजित अटो चोङछिङ सम्मेलन २०२५ मा सहभागिता

    काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा सहभागिता जनाएको छ ।जुन ६देखि७ सम्म  चीनको चोङछिङमा आयोजित सम्मेलनमा परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माणबारे केन्द्रित विशेष छलफलको आयोजना गरिएको थियो । सहभागीहरूले मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेका थिए ।

     

    सो कार्यक्रममा  गाडी व्यवसायीहरूको संगठन नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रुपमा सहभागिता जनाएका थिए। त्यसक्रममा उनले नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे एक परिदृश्य प्रस्तुत गरेका थिए ।

    बैंकहरूको कर्जा लगानी १० महिनामा सुधार, असार मसान्तको तुलनामा ७ .३ प्रतिशत बढी कर्जा लगानी

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीमा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्ष १० महिनामा ३ खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी भएको देखिएको हो ।यो लगानी गत असार मसान्तको तुलनामा ७.३ प्रतिशत बढी भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

     

    गत आवको  १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ४.७ प्रतिशतले बढाएको थियो । त्यो अवधिमा उनीहरुले २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष १२.५ प्रतिशतले ऋण लगानी विस्तार हुने प्रक्षेपण गरेको भएपनि त्यो पूरा हुने देखिँदैन् ।

    यो वैशाखमा गत वैशाखको तुलनामा करिब ५० अर्ब बढी रेमिट्यान्स आयो ,विप्रेषण आप्रवाहमा नयाँ रेकर्ड

    काठमाडौँ ।विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । बैशाख महिनामा भित्रिएको रेमिट्यान्स रकमले ऐतिहासिक रेकर्ड कायम गरेको राष्ट्र बैंकले जनाएको हो । दश महिनामा विप्रेषण १३ खर्ब ५६ अर्ब  ६१ करोड  भित्रिएको छ ।

     

    वैशाख महिनामा मात्रै  महिना १ खर्ब ६५ अर्ब  ३० करोड  रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।अघिल्लो वैशाख मसान्तमा जम्मा १खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।गत आवको तुलनामा चालु आवको वैशाखमा करिब ५० अर्बले रेमिट्यान्स बढी भित्रिएको छ ।

    चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयामा १३ प्रतिशतले बढ्यो, मुद्रास्फिति घटेर २.७७ प्रतिशतमा झ-यो

    काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण (रेमिट्यान्स) नेपाली रुपैयामा आप्रवाह १३.२ प्रतिशतले बढेको छ । सोही अवधिमा मुद्रास्फिति घटेर २.७७ प्रतिशतमा आएको छ ।नेपाल राष्ट्र बैंकले २०८१÷८२को दश महिनाको तथ्यांकको आधारमा सार्वजनिक गरेको देशको वर्तमान  आर्थिक  तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा यस्तो जनाएको हो ।

     

    सो प्रतिवेदन अनुसार वार्षिक आर्थिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति  २.७७प्रतिशतमा झरेको छ । यसैगरी शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । सोही अवधिमा १३.१ प्रतिशतले आयात बढेको छ भने निर्यात ७२.७ प्रतिशतले बढेको छ ।विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतले बढेको छ भने अमेरिकी डलमा १०.५ प्रतिशते बढेको देखिएको छ । अमेरिकी डलरमा कुल विदेशी सञ्चिति १८ अर्ब ४० करोड पुगेको छ ।

    सुनको मूल्यमा ६०० रुपैयाको गिरावट भइ मंगलबार मूल्य प्रति तोला एक लाख ९० हजार रुपैयाँ कायम

    काठमाडौं । सुनको मूल्यमा ६०० रुपैयाको गिरावट भइ मंगलबार मूल्य प्रति तोला एक लाख ९० हजार रुपैयाँ कायम भएको छ ।  पछिल्लो केहीदिनयता सुनको मूल्यमा लगातार गिरावट आएको छ। अघिल्लो दिनको भन्दा आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

     

    नेपाल सुनचाँदी व्यअमेरिकाबाट ३७ नेपाली डीपोर्ट, बोरा बोकेर फर्किएका तीतो यथार्थ बोकेको तस्बिर भाइरल

    वसायी महासंघका अनुसार मंगलबार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ९० हजार रुपैयाँ निर्धारण भएको छ। सोमबार सुन तोलामा १०० रुपैयाँ घटेर प्रति तोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    अमेरिकाबाट ३७ नेपाली डीपोर्ट, बोरा बोकेर फर्किएका तीतो यथार्थ बोकेको तस्बिर भाइरल

    काठमाडौं । आइतबार रातिदेखि सामाजिक सञ्जालमा एउटा फोटो व्यापक रूपमा फैलिएको छ, जहाँ विमानको अगाडि सेतो बोरा बोकेका नेपालीहरूको लाइन देखिन्छ। यस दृश्यले अवैध बाटो भएर अमेरिका पुगेका नेपालीहरूको तीतो यथार्थ बोलिरहेको छ। ती नेपालीहरूलाई अमेरिका सरकारले निष्कासन ९डीपोर्ट० गरेर नेपाल फर्काएको हो।

     

    उक्त समूहमा ३५ जना अवैध रूपमा अमेरिका पुगेका थिए भने २ जना कानुनी बाटोबाट पुगेका थिए – एकजना डिभी र अर्का विद्यार्थी भिसामा। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार, पछिल्लो पाँच महिनामा मात्रै अमेरिका सरकारले १६३ नेपालीलाई फिर्ता पठाइसकेको छ, जसमा आइतबार फर्काइएका ३७ जना हालसम्मकै सबैभन्दा ठूलो संख्या हो।

     

     

     
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij