Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

राष्ट्र बैंकद्वारा ४० अर्बको निक्षेप संकलन उपकरण जारी, तरलता व्यवस्थापनको प्रयास

राष्ट्र बैंकद्वारा ४० अर्बको निक्षेप संकलन उपकरण जारी, तरलता व्यवस्थापनको प्रयास

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार जेठ २८ गते (बुधबार) यस उपकरणको बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले सोही दिन दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

    २१ दिन अवधिको लागि जारी हुने यस निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले बजारमा रहेका अतिरिक्त रकमहरू खिच्ने प्रयास गर्दैछ। निक्षेप संकलन उपकरणको साँवा र ब्याज असार १८ गते भुक्तानी गरिनेछ भने यसको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।

    बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको माग राख्न सक्नेछन् भने अधिकतम ५ करोड रुपैयाँ अन्तरले विभाजन हुने गरी कुल ४० अर्ब बराबरको माग प्रस्तुत गर्न सक्ने व्यवस्था गरिएको छ। पछिल्ला समयहरूमा प्रणालीमा अत्यधिक तरलता देखिएपछि राष्ट्र बैंकले नियमित रूपमा यस्तो उपकरणमार्फत तरलता व्यवस्थापन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij