
काठमाडौँ । आज नेप्से परिसूचकमा १३.२८ अंकले घटेर २६६४.८८ बिन्दुमा आएको छ । आज ९ अर्ब ९० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।आज हाइड्रोपावर समूहमा उत्साह देखिएको छ । यस दिन ३ सय ७ कम्पनीको २ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६१ करोड ५७ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधि विद्युत कम्पनी अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइढ्रोपावर र बुटवल पावर कम्पनी परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij