Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

सामाखुसी ढल निर्माण ठेक्कामा अनियमितता : तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाखुसी ढल निर्माण ठेक्कामा अनियमितता : तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  •  

    काठमाडौं । सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यमा ठेक्कासम्बन्धी अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बराबरको आर्थिक बिगो कायम गर्दै मुद्दा अघि बढाएको हो।

    मुद्दामा संलग्न रहेका प्रदीप परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकका रूपमा कार्यरत छन्। अख्तियारका अनुसार सामाखुसी ढल निर्माणको प्रक्रियामा सार्वजनिक स्रोतको दुरुपयोग, ठेक्का प्रक्रियामा पारदर्शिताको अभाव र प्राविधिक मापदण्डको उल्लङ्घन जस्ता गम्भीर कमजोरीहरू देखिएको पाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij