Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

जोशी हाइड्रोपावरको ६५% हकप्रद सेयरका लागि बुक क्लोज मिति तय

जोशी हाइड्रोपावरको ६५% हकप्रद सेयरका लागि बुक क्लोज मिति तय

  •  

    काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर बिक्रीको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले असार ८ गतेलाई बुक क्लोज मिति निर्धारण गरेको हो। यसअनुसार, असार ७ गतेसम्म नाममा सेयर कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर आवेदन दिन सक्नेछन्।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्राप्त गरिसकेको छ। प्रतिकित्ता १०० रुपैयाँ दरले हुने यस निष्कासनबाट कम्पनीले कुल २४ करोड १४ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।

    हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ, जसले हकप्रद सेयरपछि बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij