
काठमाडौँ । वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन गरिएको छ । गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी सहभागी उक्त समितिले समाधानको विषयमा उपाय खोज्ने भएको हो ।समितिमा तीन वटै मन्त्रालयका सचिवहरूले समेत काम गरिरहेका छन् । मन्त्री राणाका अनुसार समितिको बैठक दुई तीन पटक बसिसकेको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् । उनका अनुसार वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रुपमा छलफल गरेर के–के समस्या रहेछ भनेर हेर्ने हो।
समितिले आफूले देखेको उपाय श्रम मन्त्रालयलाई दिनेछ । कतिपय देशमा अन्य देशका नागरिकले भन्दा नेपाली कामदारले कम तलब पाउने अवस्था रहेको छ । युएईमा नेपाली कामदारले पाउने अन्य मुलुकले पाउने भन्दा कम तलब रहेछ । अरुले १ हजार रियाल पाउने रहेछन् तर हाम्रो देशकाले ८ सय मात्रै पाउने रहेछ ।यस्ता समस्याको समाधानको उपाय समितिले सुझाउनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij