Logo

Jun 14 2025 | २०८२, जेठ ३१गते

Jun 14 2025 | २०८२, जेठ ३१गते

images

सयपत्री हाइड्रोपावरले असार २१ गते वार्षिक साधारण सभा बोलायो, शतप्रतिशत हकप्रद शेयर प्रस्ताव

सयपत्री हाइड्रोपावरले असार २१ गते वार्षिक साधारण सभा बोलायो, शतप्रतिशत हकप्रद शेयर प्रस्ताव

  •  

    काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आगामी असार २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले सभा बिहान ८ बजे, ज्योति बैंक्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट, कुमारीगाल, काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो।

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्नुका साथै नयाँ लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा निर्णय गर्नेछ।

    साथै, कम्पनीले हालको ३० करोड रुपैयाँ चुक्तापुँजी बराबरको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत सभामा पेस गर्नेछ। हकप्रद शेयरबाट प्राप्त रकमको उपयोग र प्रबन्धपत्र संशोधनसम्बन्धी प्रस्तावहरूमा पनि सभाले आवश्यक निर्णय गर्नेछ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ९ गते बुक क्लोज गर्नेछ। त्यसअनुसार, असार ८ गतेसम्म नाम दर्ता भएका शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij