Logo

Jun 14 2025 | २०८२, जेठ ३१गते

Jun 14 2025 | २०८२, जेठ ३१गते

images

देशमा ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : अर्थमन्त्री पौडेल

देशमा ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : अर्थमन्त्री पौडेल

  • काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने तेल र ग्यासलगायतका खनिज पदार्थ रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले देशको प्राकृतिक स्रोत र जनशक्तिको सदुपयोगबाटै राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए ।

    उपप्रधानमन्त्री पौडेलले सही राजनीतिक नेतृत्व, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यान्वयन भएमा विदेश पलायन भएका नेपाली युवालाई स्वदेशमै अवसर सृजना गर्न सकिने विश्वास व्यक्त गरे ।

    मुलुकको दीर्घकालीन विकासलाई सम्बोधन गर्न बजेट केन्द्रित रहेको बताउँदै उनले भने, “हाम्रो जनशक्ति देशभित्रै कसरी रोक्ने र यहीँ अवसर कसरी सृजना गर्ने भन्ने उद्देश्यमा नै यो बजेट परिलक्षित छ ।” जलस्रोत, प्रकृति र प्राकृतिक सम्पदाको सही सदुपयोग नै विकासको मूल आधार भएको उनको भनाइ थियो ।

    सरकारले बजेटमार्फत युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न विशेष कार्यक्रम ल्याएको बताउँदै उपप्रधानमन्त्री पौडेलले सरकारले स्टार्टअप, सूचना प्रविधि ९आइटी० र अन्य नवीनतम उद्यमशीलताका क्षेत्रमा नयाँ कार्यक्रम अघि सारेकाले यसको कार्यान्वयनसँगै युवाहरुले देशभित्रै आफ्नो भविष्य खोज्ने बलियो आधार तयार हुने उल्लेख गरे । 

    मानिसले अन्तरिक्षमा सम्भावना खोजिरहेको अहिलेको अवस्थामा हामीले आफ्नै देशका सम्भावना खोज्नुपर्ने बताउँदै अर्थमन्त्री पौडेलले हामीसँग भएको प्राकृतिक सम्पदाको विशाल भण्डारलाई सही उपयोग गरी जनशक्तिलाई देशको विकास र समृद्धिमा परिचालित गर्नुपर्नेमा जोड दिए । रासस

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij