Logo

Jun 14 2025 | २०८२, जेठ ३१गते

Jun 14 2025 | २०८२, जेठ ३१गते

images

असार १ गतेदेखि दैनिक ४० मेगावाट बंगलादेश विद्युत् निर्यात गरिँदै

असार १ गतेदेखि दैनिक ४० मेगावाट बंगलादेश विद्युत् निर्यात गरिँदै

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने गर्ने तयारी गरेको छ ।  पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो ।

    बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले विद्युत् खरिदका लागि प्रतीतपत्र पेस गरिसकेको छ । प्राधिकरण प्रवक्ता तथा विद्युत् व्यापार विभागका निर्देशक राजन ढकाले ले जनाए अनुसार   विद्युत् निर्यात भारतीय विद्युत् प्रसारण सञ्जालमार्फत हुने छ । भारतको नेसनल लोड डिस्प्याच सेन्टरसँग नेपाल र बङ्गलादेशका अधिकारीबिच छलफल भएर विद्युत् प्रवाहको प्राविधिक तयारी पनि पूरा भइसकेको छ ।असार १ गतेदेखि दैनिक ४० मेगावाट विद्युत् भरत हुँदै बङ्गलादेश निर्यात हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij