Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, ३ लाख २९ हजार बढीले पाए १० कित्ताका दरले शेयर

ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, ३ लाख २९ हजार बढीले पाए १० कित्ताका दरले शेयर

  •  

    काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर ९क्ष्एइ० को बाँडफाँट असार १ गते सम्पन्न गरेको छ। बाँडफाँट कार्यक्रम काठमाडौंको गौशालास्थित होटल क्रिष्टलमा आयोजना गरिएको थियो।

    विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार, मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट ३ लाख २९ हजार ६५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडिएको हो। बाँडफाँटपछि बाँकी रहेको ५।१९ कित्तामध्ये ५ जनालाई थप १–१ कित्ता र तीमध्ये १ जनालाई ०.१९ कित्ता बाँडफाँट गरिएको जानकारी दिइएको छ।

    ट्रेड टावरले जेठ १४ देखि २० गतेसम्म ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। तर, सो अवधिमा कम्पनीको आईपीओमा २० लाख ७४ हजार २८५ जना आवेदकबाट करिब २ करोड ३९ लाख कित्ताको माग परेको थियो।

    कुल आवेदनमध्ये १४ हजार ८९७ आवेदन अमान्य भएको हुँदा बाँडफाँटमा २० लाख ५९ हजार ३८८ जना योग्य आवेदकलाई समावेश गरिएको हो।

    ट्रेड टावर लिमिटेड सन् २०२२ (२०७८ माघ १२) देखि निरन्तर सञ्चालनमा रहेको कम्पनी हो। यसले लिजिङ्ग एण्ड फाइनान्सिङ, पूर्वाधार विकास, होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्दै आएको छ।

    • पहिलो परियोजना: काठमाडौं थापाथलीस्थित नेपाल खाद्य संस्थानको ३० वर्ष लिजमा लिएको जमिनमा व्यापारिक टावर निर्माण (नेपालकै सबैभन्दा ठूलो कर्पोरेट कम्प्लेक्स)
    • दोस्रो परियोजना: ललितपुरको भैंसेपाटीमा १९० ओटा अपार्टमेन्टको सफल निर्माण र विक्री
    • तेस्रो परियोजना: गौशालास्थित रिङरोडसँगै जोडिएको ४ रोपनी जमिनमा ७ तले होटल ‘क्रिष्टल पशुपति’ को निर्माण र आंशिक सञ्चालन

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij