
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको नाराबाजी र बेलघेराउका कारण अवरुद्ध भएको छ।
बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले रोष प्रकट गर्दै सभामुखको आसन घेरेर विरोध प्रदर्शन गरेका थिए।
उनीहरू ‘भिजिट भिसा’ र अध्यागमन प्रणालीमा देखिएको अनियमितताको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। यिनै मागहरूलाई लिएर रास्वपा र राप्रपाले विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गरिरहेका छन्।
रास्वपाले विशेषतः भिजिट भिसाका नाममा भइरहेको दुरुपयोग, मानव तस्करीका शंका र अध्यागमन प्रणालीको पारदर्शिता अभावलाई लिएर गम्भीर ध्यानाकर्षण गराउँदै आएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij