Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

अर्थमन्त्री पौडेलको दाबी : बजेट सन्तुलित, पुँजीगत खर्च र राजस्वमा उल्लेख्य वृद्धि

अर्थमन्त्री पौडेलको दाबी : बजेट सन्तुलित, पुँजीगत खर्च र राजस्वमा उल्लेख्य वृद्धि

  • काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सन्तुलित र दिगो विकासको लक्ष्यका साथ प्रस्तुत गरिएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्दै उनले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढाइएको जानकारी दिए।

    उनका अनुसार, अन्तरसरकारी वित्तीय हस्तान्तरणका लागि निर्धारित सीमाभन्दा करिब ४ अर्ब रुपैयाँले बढी रकम विनियोजन गरिएको छ। बजेटको मुख्य आम्दानी श्रोतको रूपमा राजस्व रहने उल्लेख गर्दै पौडेलले राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने व्यवस्था गरिएको स्पष्ट पारे।

    राजस्व संकलनतर्फ पनि सकारात्मक प्रगति हुने अपेक्षा गरिएको छ। संशोधित लक्ष्यको तुलनामा आगामी वर्षको राजस्व आम्दानी १६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको उनले बताए। यसरी बजेटको आकार सन्तुलनमा राखी विकास, समावेशिता र आर्थिक स्थायित्व सुनिश्चित गर्ने उद्देश्यका साथ बजेट प्रस्तुत गरिएको पौडेलले स्पष्ट पारे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij