Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

पिपुल्स पावरको ५०% हकप्रद सेयरमा मूल्य समायोजन, नयाँ मूल्य ३६१.१३ रुपैयाँ

पिपुल्स पावरको ५०% हकप्रद सेयरमा मूल्य समायोजन, नयाँ मूल्य ३६१.१३ रुपैयाँ

  • काठमाडौं । पिपुल्स पावर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर जारीको सन्दर्भमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको सेयर मूल्यमा समायोजन गरेको छ। नेप्सेका अनुसार आइतबार (असार १) को अन्तिम कारोबार मूल्य ४९१.७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो। समायोजनपछि कम्पनीको सेयर मूल्य ३६१.१३ रुपैयाँ कायम गरिएको छ।

    यसै मूल्यलाई आधार मानेर सोमबारदेखि सेयर कारोबार खुला हुनेछ। कम्पनीले आइतबार बुक क्लोज गरी हकप्रद सेयरका लागि योग्यता प्राप्त शेयरधनीहरूलाई निर्धारण गरिसकेको छ। पिपुल्स पावरले जारी गर्न लागेको हकप्रद सेयर हालका शेयरधनीहरूलाई १:२ अनुपातमा (५०%) उपलब्ध गराइनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij