Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

काठमाडौं महानगरद्वारा सडक र फुटपाथ खन्न दुई महिनाका लागि रोक

काठमाडौं महानगरद्वारा सडक र फुटपाथ खन्न दुई महिनाका लागि रोक

  • काठमाडौं।काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि सडक र फुटपाथ खन्ने कार्यमा रोक लगाएको छ। महानगरको सार्वजनिक निर्माण विभागले सूचना जारी गर्दै यस अवधिमा खनाइसम्बन्धी स्वीकृति तथा सहमति नदिइने जनाएको हो।

    वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी आवागमन र पैदल यात्रामा अवरोध पुग्ने भएकाले हरेक वर्ष जस्तै यस वर्ष पनि खनाइमा अस्थायी रोक लगाइएको जनाइएको छ।

    रोक लागेका काम र छुट

    महानगरका अनुसार यस निर्णयले नयाँ खनाइ कार्यमा मात्र प्रभाव पार्नेछ, हाल सञ्चालनमा रहेका निर्माण कार्य भने यथावत् रूपमा अघि बढ्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij