Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

सुनचाँदी व्यवसायीको विलासिता करप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण, संवादबाट समाधान खोज्ने आश्वासन

सुनचाँदी व्यवसायीको विलासिता करप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण, संवादबाट समाधान खोज्ने आश्वासन

  •  

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित तीनवटै प्रमुख सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको दुई प्रतिशत विलासिता करसम्बन्धी प्रावधानबारे गम्भीर ध्यानाकर्षण गराएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली, र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकार सहभागी थिए। उनीहरूले विलासिता करको यस्तो व्यवस्थाले नेपाली सुनचाँदी उद्योगलाई धरासयी बनाउने बताउँदै, यसबारे पुनः विचार गर्न माग गरेका छन्।

    व्यवसायीहरूको तर्क छ — कर तथा भन्सार दर छिमेकी भारतको तुलनामा उच्च भएकाले नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न सक्दैनन्। यदि प्रस्तावित कर व्यवस्था यथावत् राखिएमा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन्।

    प्रधानमन्त्री ओलीले संवादमार्फत समस्या समाधानको पक्षमा आफू रहेको जनाउँदै सम्बन्धित मन्त्रालयसँग परामर्श गरेर सम्भव भएसम्म व्यवसायीहरूको माग सम्बोधन गर्ने आश्वासन दिए। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij