Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

स्यार्पु पावर कम्पनी आईपीओ निष्कासनको तयारीमा, ऊर्जा र कृषि क्षेत्रमै दोहोरो लगानी

स्यार्पु पावर कम्पनी आईपीओ निष्कासनको तयारीमा, ऊर्जा र कृषि क्षेत्रमै दोहोरो लगानी

  • काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। असार ३ गते बसेको सञ्चालक समितिको बैठकले निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, रुकुमको मुसिकोटमा बिहान ११ बजे सुरु हुने बताइएको छ।

    सभाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ। साथै बाट संकलन हुने पूँजीको उपयोगबारे निर्णय लिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र आवश्यक कार्यहरू सञ्चालनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

    रुकुम पश्चिमका स्थानीय तहहरूले प्रवर्द्धन गरेको स्यार्पु पावर कम्पनीले ३।३ मेगावाट क्षमताको स्यार्पु साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। ऊर्जा क्षेत्रमा सक्रिय कम्पनीले कृषि क्षेत्रमा समेत लगानी गर्दै स्यार्पु कृषि कम्पनी लिमिटेड स्थापना गरिसकेको छ। सहायक कम्पनीमार्फत दुग्ध उत्पादनमा ध्यान केन्द्रित गर्दै, प्रतिदिन ४० हजार लिटर दूध संकलन गर्ने र दुग्धजन्य पदार्थको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार लक्ष्यित गर्दै व्यवसाय विस्तार गर्ने योजना बनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij