
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ४ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
बैंकिङ क्षेत्र सुधारका लागि सुझाव संकलन सुरु, राष्ट्र बैंकको कार्यदलद्वारा सरोकारवालालाई आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवाला संस्था तथा व्यक्तिहरूलाई आफ्नो अनुभव र विज्ञताका आधारमा सुझाव पेश गर्न आह्वान गरेको छ। कार्यदलले २०८२ असार ११ गतेसम्म इमेलमार्फत सुझाव पठाउन अनुरोध गर्दै बैंकिङ नीतिमा सुधार, जोखिममा आधारित सुपरिवेक्षण प्रणाली, तथा ग्राहकमैत्री सेवाको विकासलाई प्राथमिकतामा राखेको छ।
कार्यदलले ग्रामीण क्षेत्रमा कर्जा प्रवाह प्रभावकारी बनाउने उपाय, बैंक तथा वित्तीय संस्थाको गाभ्ने वा प्राप्ति प्रक्रियापछिका समस्या र समाधान, साथै आर्थिक गतिविधिलाई पूर्ण रूपमा चलायमान बनाउन बैंकिङ क्षेत्रले निभाउने भूमिकाका विषयमा समेत अध्ययन गर्नेछ।
सरकारद्वारा रु ५० अर्बभन्दा बढीको वैदेशिक सहुलियतपूर्ण ऋण तथा अनुदान स्वीकार, विभिन्न उच्चपदस्थ सरुवा र नियुक्ति
एमआरपी कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि नेपाल चेम्बर अफ कमर्सद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले अधिकतम् खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठ एवं अर्का उपाध्यक्ष नीलकण्ठ चौलागाईं सहितको चेम्बरका पदाधिकारी र अन्य व्यवसायी टोलीले आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र विक्रेता दुवैलाई सचेतना अभिवृद्धि गराएर मात्रै एमआरपी कार्यान्व्यन गर्न सुझाव दिएको हो ।
स्यार्पु पावर कम्पनी आईपीओ निष्कासनको तयारीमा, ऊर्जा र कृषि क्षेत्रमै दोहोरो लगानी
काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। असार ३ गते बसेको सञ्चालक समितिको बैठकले निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, रुकुमको मुसिकोटमा बिहान ११ बजे सुरु हुने बताइएको छ।
सभाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ। साथै बाट संकलन हुने पूँजीको उपयोगबारे निर्णय लिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र आवश्यक कार्यहरू सञ्चालनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक, पुल मर्मतका लागि विश्व बैंकको २० अर्ब सहुलियत ऋण स्वीकार
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा १९ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले ८८पुल सुधार तथा मर्मत कार्यक्रम (तेस्रो चरण)८८का लागि विश्व बैंकबाट प्राप्त करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। उक्त ऋण सार्वजनिक पूर्वाधारको मर्मत तथा स्तरोन्नतिका लागि प्रयोग गरिनेछ।
ग्वार्को फ्लाइओभर सवारी सञ्चालनका लागि तयार, असार ६ गते उद्घाटन
ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभर अन्ततः सवारीसाधन सञ्चालनका लागि तयार भएको छ। **शुक्रवार (असार ६ गते)**देखि फ्लाइओभरमार्ग सवारीका लागि खुला गरिने सडक विभागले जनाएको छ।
फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ। अब लेन सेपरेटर राख्ने, सडक लाइनिङ गर्ने लगायतका अन्तिम तयारीहरू सकिएपछि सवारी सञ्चालन योग्य अवस्थामा पुगेको हो।
शेयर बजार : नेप्से परिसूचकमा १.२८ अंकले घटेर २६५३.४७ बिन्दुमा, ९ अर्ब ०८ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा १.२८ अंकले घटेर २६५३.४७ बिन्दुमा आएको छ । आज ९ अर्ब ०८ करोड बढीको सेयर कारोबार भएको छ ।
सूचकमा ठूलो उतारचढाव देखिएको छैन । बजार साइडवेजमा छ । त्यसमाथि, पछिल्लो समय केही सीमित स्टकमा मात्र चहलपहल बढेको छ ।बुधबार ३१४ स्टकको २ करोड ३४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७१ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सिंगटी हाइड्रो इनर्जी र बुटवल पावर कम्पनी परेका छन् ।
तनहुँ जलविद्युत् आयोजना अनुगमनमा जाइका प्रमुखको टोली, २०८३ असारभित्र निर्माण सक्ने लक्ष्य
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल प्रमुखको टोलीले आज अनुगमन गरेको छ ।
जाइका नेपाल कार्यालयका प्रमुख मात्सुजाकी मिजुकी नेतृत्वको टोलीले आयोजनाको स्थलगत निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे जानकारी लिएको छ । जलविद्युत् आयोजनामामा जाइकाको लगानी रहेको छ ।
दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आइएइए
भियना ।इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका दुई भवन राजधानी तेहरानको नजिकैको कराजमा नष्ट भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले बुधबार बताएको छ ।
इजरायली सेनाले तेहरान र वरपरका क्षेत्रमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको बताएको केही घण्टापछि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीको यो घोषणा आएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी निज खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस् पदार्थसहित पक्राउ परेकी हुन् ।”
रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन
रसुवा।रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट रु २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्वि भएको हो । गत आवको ११ महिनामा रु १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब रु ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उहाँले रु तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताउनुभयो ।
प्रधानमन्त्रीसमक्ष काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु डुुकुछापमा सार्न आदिवासी जनजाति आयोगको सुुझाव प्रतिवेदन हस्तान्तरण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो ।
आरोही कल्याणकारी कोष स्थापना गर्दै छाैं— मन्त्री पाण्डे
काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी भइरहेको बताउनु भएको छ ।
काठमाडौँ । पुवा खोला–वन हाइड्रोपावर लिमिटेडले सन् २०२४ मा करिब ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १२५ ले घटेको हो। सन् २०२३ मा कम्पनीको आम्दानी ७ करोड ७० लाख, र सन् २०२२ मा ८ करोड ९० लाख रुपैयाँ थियो। चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ।
२०८१ सालको भदौमा आएको बाढीले विद्युत् प्रसारण लाइनमा क्षति पुर्याउँदा कम्पनीको पावर इभ्याकुएसन प्रणाली ३६ दिनसम्म बन्द रह्यो। यस घटनाले कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्दै आर्थिक वर्षमा १।८ करोड रुपैयाँको घाटा निम्त्यायो।इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको ‘क्ष्च्ल् द्यद्य–’ रेटिङलाई पुनः पुष्टि गरेको छ, जसले मध्यम स्तरको वित्तीय दायित्व तिर्ने क्षमताको सङ्केत गर्छ।
कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ
काठमाडौँ । प्रहरीले कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ सिंहलाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरिएको जानकारी सार्वजनिक गरेका हुन् ।उनकाअनुसार केही दिनअघि मात्रै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । अहिले बाँके नै राखेर उनीमाथि अनुसन्धान भइरहेको छ । यसअघि यो बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।
बुधबार सुनको मूल्य प्रतितोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम
काठमाडौँ। गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij