Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

मिडिल मोदी हाइड्रोपावरको १३औं वार्षिक साधारण सभा असार २९ गते , आईपीओ निष्कासन गर्ने

मिडिल मोदी हाइड्रोपावरको १३औं वार्षिक साधारण सभा असार २९ गते , आईपीओ निष्कासन गर्ने

  •  

    काठमाडौं ।  मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभा आगामी असार २९ गतेका लागि बोलाएको छ। सभा दिउँसो १ बजे कम्पनीको सभा कक्ष, सानेपा, ललितपुरमा आयोजना गरिनेछ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका विषयहरू निर्णयार्थ प्रस्तुत गरिनेछन्। साथै, सर्वसाधारणका लागि प्राथमिक सेयर  निष्कासन गर्न आवश्यक सम्पूर्ण कार्यको अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

    यस्तै, कम्पनीको पूँजी संरचना परिवर्तन तथा त्यसअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij