
काठमाडौँ । आज नेप्से परिसूचकमा २४.५९ अंकले घटेर २६२९.०८ बिन्दुमा आएको छ । आज ११ अर्ब २३ करोड बढीको सेयर कारोबार भएको छ ।
एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा र ३ वटा कम्पनी नकारात्मक लेबलमा कारोबार भएका छन् । यस दिन सूचीकृत सबै समूहमा गिरावट आएको छ ।
यस दिन ३ सय १४ कम्पनीको २ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८५ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij