Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशद्वयमाथि छानबिन, न्याय परिषद्को कदम काठमाडौँसम्म

पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशद्वयमाथि छानबिन, न्याय परिषद्को कदम काठमाडौँसम्म

  • काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीश डा। खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाएको छ। दुवै न्यायाधीशलाई काजमा काठमाडौँ तानिएको छ।

    यो कदम २०६४ चैतमा रौतहटको फरहदवा गाउँमा भएको बम विस्फोटसम्बन्धी मुद्दामा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिएको फैसलापछि उठेको विवादसँग जोडिएको हो। जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि उक्त आदेशविरुद्ध उनले पुनरावेदन गरेका थिए। उच्च अदालत जनकपुरको संयुक्त इजलासले प्रमाणको अभाव भन्दै जिल्ला अदालतको फैसला उल्ट्याएको थियो।

    फैसला सार्वजनिक भएपछि मोसो प्रकरण, पीडित पक्षको उजुरी र राजनीतिक दवाबका कारण न्याय परिषद्ले छानबिन प्रक्रिया अघि बढाएको हो।

    पृष्ठभूमिमा, विस्फोटका कारण तीनजनाको मृत्यु भएको दाबी गरिएको थियो भने घटनापछि घाइते र मृतकलाई लुकाएर भारत पठाइएको भन्दै पीडित परिवारले आरोप लगाउँदै आएका छन्।

    अधिवक्ता र पीडित पक्षबाट न्याय परिषद्मा उजुरी परेपछि न्यायाधीशद्वयमाथि छानबिन थालिएको हो। साथै, इजलासमा मोसो प्रकरणपछि न्याय सम्पादन कार्य पनि प्रभावित भएको थियो।

    अब सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ, जसले विषयको निष्पक्ष समीक्षा गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij