Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

पश्चिम नेपालमा भारी वर्षा, नदीहरूमा सतर्कता अपनाउन आग्रह

पश्चिम नेपालमा भारी वर्षा, नदीहरूमा सतर्कता अपनाउन आग्रह

  •  

    पश्चिम नेपालका विभिन्न स्थानमा रातिदेखि लगातार भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायतका क्षेत्रमा ठूलो पानी परेको छ।

    यससँगै ती क्षेत्रमा रहेका नदी तथा खोलाहरूमा पानीको सतह बढेको छ र बाढीको जोखिम बढेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाका अनुसार आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। साथै, कोशी र मधेश प्रदेशका तराई भूभागमा हावाहुरीसमेत चल्न सक्ने भएकाले थप सतर्कता आवश्यक छ।

    हाल देशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिमी भागमा स्थानीय र पश्चिमी वायु सक्रिय छन्। भारतको पश्चिम बङ्गाल क्षेत्र वरिपरिको न्यूनचापीय प्रणालीको आंशिक प्रभावसमेत देखिएको छ।

    सङ्केतहरू हेर्दा देशभर मौसम अस्थिर रहने र केही स्थानमा वर्षा तीव्र हुन सक्ने सम्भावना रहेकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij