Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ ल्याउने तयारी, असार २८ गते वार्षिक साधारण सभा

टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ ल्याउने तयारी, असार २८ गते वार्षिक साधारण सभा

  •  

    काठमाडौं ।टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गर्न असार २८ गते पाँचौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।

    सभाको आयोजना कास्की जिल्लाको पोखरामा बिहान ८:३० बजे हुने तय भएको छ। सभामा जारी पूँजीको २०.५३ प्रतिशत बराबरको आईपीओ निष्कासन गर्न नियामक निकायबाट स्वीकृति लिने र त्यसका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव प्रस्तुत हुनेछ।

    साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ। साथै, लाभांश वितरणको प्रस्ताव, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालकहरूको बैठक भत्ता र अन्य सुविधा सम्बन्धी प्रस्तावहरू पनि छलफल र स्वीकृतिका लागि सभामा पेश गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij