
काठमाडौँ । चालु आवको एघार महिनामा वैदेशिक व्यापारको आकार १८.८० प्रतिशतले बढेको छ । गत आवको तुलनामा भने जेठ मसान्तसम्म वैदेशिक व्यापारको आकार १८.८० प्रतिशतले बढेको हो । चालु आवमा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रहेको छ ।
गत आवको जेठसम्म वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५लाख २५ हजार रुपैयाँ बराबर रहेको थियो ।निर्यातमा आएको उछालले समग्र वैदेशिक व्यापारमा निर्यातको हिस्सा समेत १३.०८ प्रतिशत ओगटेको छ । जुन गत आवको तुलनामा ४९.६५ प्रतिशतले बढी छ । आयातको हिस्सा ८६.९२ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.७६ प्रतिशतले खुम्चिएको देखिन्छ ।
निर्यात बढ्दा व्यापार घाटा भने ६ प्रतिशतले मात्र विस्तार भएको देखिन्छ । भन्सार विभागका अनुसार जेठसम्म १३ खर्ब ९७ अर्ब रुपैयाँको व्यापार घाटा देखिन्छ । अघिल्लो आवको यसै अवधिमा व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको थियो । आयात÷निर्यात अनुपात ६.६४ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ३६.३५ प्रतिशतले कम भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij