
काठमाडौँ । एघार महिनामा साढे सन्तान्वे लाख बढीको ६६ हजार बढी वाटरप्रुफ वर्गीकरणका जुत्ता आयात गरिएको छ ।विभिन्न २५ किसिमका जुत्ता मध्ये धातुले खुट्टाको औँला भएको क्षेत्रलाई सुरक्षा दिन खालको जुत्ता ५७ हजार ५७ जुत्ता आयात गरिएको छ । एचएसकोड ६४०११००० अन्तर्गतको वाटरप्रुफ वर्गीकरणको जुत्तामा चीनबाट १५६ र भारतबाट ५६९०१ जोडी आयात भएका छन् । यो वर्गीकरणको जुत्ताको मूल्य भारतको भन्दा चीनको धेरै महँगो रहेको छ । वाटरप्रुफ वर्गीकरण अन्तर्गत गोलीगाँठो छोपिने धातुको सुरक्षा नभएको जुत्ता ९ हजार ८ सय ८९ जोडी जुत्ता आयत भएको छ । यो वर्गीकरणको जुत्ताको भन्सार मूल्यांकन आधारमा चीन र भारतको जुत्ताको मूल्य करिब करिब प्रति जोडी उत्तिकै रहेको भन्सार विभागको प्रतिवेदनमा देखिएको छ ।
धातु सुरक्षा भएको वर्गीकरणको चिनियाँ जुत्ताको आयात मूल्य १५०६ रुपैया ४१ पैसार निर्धारण गरिएको छ भने भारतबाट आयात गरिएको धातु सुरक्षा भएको जुत्ताको मूल्य जोडीको १०६रुपैयाँ ४८ पैसार रहेको छ । यो वर्गीकरणमा भन्सार राजस्व जोड्दा चीनबाट आयात गरिएको जोडीको मूल्य २३८४ रुपैयाँ ६१ पैसा परेको देखिन्छ । यस्तै भारतबाट आयात गरिएको धातु सुरक्षा भएको जुत्ताको मूल्य १६३ रुपैया ३३ पैसा परेको देखिन्छ ।
यस्तै धातु सुरक्षा नभएको एचएसकोड ६४०१९२०० अन्तर्गतको चिनियाँ वाटरप्रुफ जुत्ताको आयात मूल्यांकन ४१२ रुपैया २८ पैसा र भन्सार राजस्व जोड्दा प्रति जोडी ५८६ रुपैया २५ पैसा परेको देखिन्छ । यस्तै भारतबाट आयात गरिएको वाटरप्रुफ जुत्ताको आयात मूल्य जोडीको ३४० रुपैया ९० पैसा र भन्सार राजस्व जोड्दा प्रतिजोडी ५४६ रुपैयाँ २२ पैसा परेको भन्सार प्रतिवेदनमा देखिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij