Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

आगामी मौद्रिक नीतिमार्फत् शेयर बजारका समस्या समाधान गर्न गभर्नरलाई आग्रह

आगामी मौद्रिक नीतिमार्फत् शेयर बजारका समस्या समाधान गर्न गभर्नरलाई आग्रह

  • काठमाडौँ । शेयर बजारमा लगानीकर्ताहरूका विभिन्न संघ संस्थाले गभर्नर डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिमा समस्या समाधान आग्रह गरेका छन् ।उनीहरूले गभर्नरलाई कार्यकालको शुभकामना तथा बधाइँ दिँदै यस्तो आग्रह गरेका हुन् । 

    ag.jpg

    शेयर लगानीकर्ता संघ नेपालका कावा अध्यक्ष ताराप्रसाद फुल्लेल, पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईँ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन)ले  संयुक्त रुपमा माग गरेका हुन् ।

    ag2.jpg

    उनीहरूले विभिन्न चार माग लगानीकर्ताहरूको तर्फबाट गभर्नरलाई सुझाउ दिएका हुन् । जसमा १५ करोडको सीमा हटाउनु पर्ने, लघुवित्त संस्थाका नाफा १५ प्रतिशत भन्दा बढी लान नपाउने प्रावधान हटाउनु पर्ने, बैंक तथा वित्तीय संस्था ऐन २०७३बमोजिम सीमा कायम गर्नुपर्ने र एनआरएनको लगानी अड्चन हटाउन भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij