
काठमाडौं ।एसियन लाइफ इन्सुरेन्सले आगामी असार ३० गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बारास्थित होटल ईच्छा समिरमा दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रम तय गरिएको छ। सभामा कम्पनीले ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
त्यससँगै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण तथा नगद प्रवाहमा पनि छलफल गरिनेछ। साथै, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति र तिनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
सभा र लाभांशका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले, असार १९ गतेसम्म सेयरधनी कायम भएकाहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij