Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

नेपालमा ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सुरु हुने, २० वर्षे हरियाली योजनाको घोषणा

नेपालमा ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सुरु हुने, २० वर्षे हरियाली योजनाको घोषणा

  • काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’को आह्वानअनुसार सन् २०२५ देखि २०४५ सम्म सञ्चालन हुने २० वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सुरु गर्ने घोषणा गरेको छ।

    सो महाअभियान प्रत्येक वर्ष असार १४ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत देशभर उपयुक्त स्थानहरूमा स्थानीय जातका र फलफूलजन्य बिरुवा रोप्ने र तिनको संरक्षण गरिनेछ।

    सगरमाथा संवादमा हिमालय क्षेत्रमा बढ्दो हिउँ पग्लनबाट उत्पन्न हुने जलवायु संकटप्रति गम्भीर चिन्ता व्यक्त गरिएको थियो। उक्त संवादका निष्कर्ष अनुसार, हिमालयको संरक्षणका लागि नेपालबाट नै ठोस कदम चाल्नु आवश्यक देखिएको थियो।

    महाअभियानको औपचारिक शुभारम्भ यही असार १४ गते वृक्षरोपण दिवसमा हुनेछ। वनमन्त्री ऐनबहादुर शाही ठकुरीका अनुसार, यो अभियान नेपालकै नेतृत्वमा विश्वसामु हरित भविष्यको प्रतिबद्धताको सन्देश दिन महत्त्वपूर्ण हुनेछ।

    नेपालले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्य बनाउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको सन्दर्भमा, यो अभियानले सो लक्ष्यमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    मन्त्रालयले संघीय, प्रदेश र स्थानीय सरकार, सामुदायिक वन, निजी क्षेत्र, नागरिक समाज र सञ्चार माध्यमसहित सबै सरोकारवाला निकायलाई सक्रिय सहकार्यको लागि आह्वान गरेको छ। आमनागरिकले समेत आफ्ना पूर्खाको सम्झना र भावी पुस्ताको लागि वृक्षरोपणमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij