
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबार बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार ११ गते ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।
राष्ट्र बैंकले ६३ दिन अवधिका लागि उठाउन लागेको ६० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ ११ गते फिर्ता पाउनेछन् । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij